घाेराही उपमहानगर देशकै पहिलाे बालमैत्री पालिका घाेषणा



घाेराही उपमहानगर देशकै पहिलाे बालमैत्री पालिका घाेषणा

दाङ २३ चैत । दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले घाेराहीलाई सङ्घीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गरेका हुन्।

मुख्यमन्त्री केसीले घाेराही उपमहानगरले प्रदेशमै गर्व गर्नलायक उपलब्धि हासिल गरेको बताए। उनले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिए ।

मुख्यमन्त्री केसीले घोराही उपमहानगरपालिकाले स्थानीय सरकारले गरेका काममा प्रदेशमै चर्चा कमाएको भन्दै बालमैत्री पालिका घोषणा गरेर आफूलाई अब्बल सावित गरेको बताए । कार्यक्रममा उपमहानगरका मेयर नरुलाल चौधरीले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाउँदै बालबालिकाको हक अधिकार स्थापित गर्दै सभ्य, स्वस्थ र मर्यादित उपमहानगर बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे