लालमटिया महाेत्सवले रेकर्ड ताेड्याे, एकैदिन झण्डै दश हजार बढी दर्शककाे सहभागिता



लालमटिया महाेत्सवले रेकर्ड ताेड्याे, एकैदिन झण्डै दश हजार बढी दर्शककाे सहभागिता

भालुवाङ १९ चैत । देउखुरीको राप्ती गाउँपालिका-२, लालमटियामा जारी राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सवमा चर्चित लोक दोहोरी गायक राजु परियार र चर्चित बाल लाेक गायिका कमला घिमिरेको प्रस्तुती हेर्न आज शनिबार अहिले सम्म कै सबै भन्दा ठुलाे दर्शककाे जनसागर उर्लिएको थियो । महोत्सवको नवाैँ दिन कलाकारहरूले लालमटिया महोत्सव तताएका थिए ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा शुक्रबार देखि सुरू भएको महोत्सवमा आज शनिबार नवाैँ दिन चर्चित लोक दोहोरी गायक राजु परियारले याे खाेलीकाे पानी कसैले नखानु मैले छाेकाे छु, सुर्ति जर्दाले र लालुपाते नुघ्याे भूईतिर लगायतका गीतमा दर्शकहरूले हुटिङ गर्दै नाचेका थिए ।

त्यसैगरी महोत्सवमा बाल लाेक गायिका कमला घिमिरेले म्याउ-म्याउ बिरालाे, चिया छानेकाे र धनगढीकाे बस लगायतका गीतमा गाउँदा दर्शकहरू हुटिङ्ग गर्दै नाचेका थिए । त्यस्तै महाेत्सवमा मोडेल तथा डान्सर उषा बिक, गायिका तथा उद्घोषक सर्मिला अर्याल लगायतका कलाकारहरूले भरपुर्ण मनोरञ्जन दिएका थिए ।

महोत्सवमा अहिले सम्मकै ठुलो संख्यामा दर्शकको सहभागीता रहेको छ । आज शनिबार मात्रै महोत्सवमा करिब १० हजार बढी दर्शकले अवलोकन गरेका छन् भने महोत्सवमा करिब १० लाख बढीको कारोवार भएको आयाेजक राप्ती उद्योग बाणिज्य संघ भालुवाङले जानकारी दिएकाे छ ।
आज शनिबार भएकाेले विद्यालय बिदा र साप्ताहिक शनिबार बजार बन्द हुने भएकाे कारणले पनि याे शनिबार दर्शककाे उल्लखनीय भिड बढेकाे आयाेजकले जनाएकाे छ ।

यसैबीच महोत्सवको दशाैँ दिन भोली चैत २० गते चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, चर्चित मोडेल तथा डान्सर अञ्जलि अधिकारी, गायिकाहरू अनु राना मगर, विष्णु सेरपाइली, गायक गोविन्द पाैडेल, गायक तथा उद्घोषक विजय पुन सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे