आज केही ठाउँमा पानी पर्ने सम्भावना : अझै दुई तीन दिन मौसम सुधार नहुने



आज केही ठाउँमा पानी पर्ने सम्भावना : अझै दुई तीन दिन मौसम सुधार नहुने

काठमाण्डाै १८ चैत । देशका केही ठाउँमा आज बेलुकातिर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौको मौसम धुम्म छ । प्रदेश एक, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जू बासीले बताइन् । उनका अनुसार आज राति प्रदेश एक र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । अझै दुई तीन दिन मौसम सुधार नहुने पनि मौसमविद् बासीले बताइन् ।

प्रिमनसुनको बेलामा कतै कतै एक्कासि एकैछिन ठूलो पानी पर्न सक्ने उहाँको भनाई छ । प्रदूषण हट्ने गरी ठूलो पानी पर्न नसकेको र तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ । अहिले बिहान सात बजे काठमाण्डौको वायु प्रदूषण मापक सूचक एक्यूआई एक सय २६ छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई मानव स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ । गएको सोमबार काठमाण्डौमा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६३ रहेको थियो । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे