लुम्बिनीमा ४ जिल्लाका सिडिओ फेरिए, प्युठानको नयाँ सिडिओमा सुनिता नेपाल आउने



लुम्बिनीमा ४ जिल्लाका सिडिओ फेरिए, प्युठानको नयाँ सिडिओमा सुनिता नेपाल आउने

दाङ १७ चैत । गृह मन्त्रालयले प्यूठान सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओ सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ भने कपिलवस्तुका चक्रपाणि पाण्डे र प्यूठानका खिमराज भुसाललाई गृह मन्त्रालयमा तानिएको छ ।

त्यस्तै अर्घाखाँचीका सीडीओ हरिप्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकारले कर्मचारीको सरुवा वढुवालाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे