पत्रकार महासंघ दाङले अन्तरक्रिया कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनायाे



पत्रकार महासंघ दाङले अन्तरक्रिया कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनायाे

दाङ १६ चैत । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकारीताको संभावना र चुनौती विषयक अन्र्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमा बोल्ने बक्ताहरुले पत्रकारीता क्षेत्रमा चुनौती वढदै गएको बताएका थिए ।

उनीहरुले पत्रकारीता क्षेत्रमा चुनौती वढे संगै यस क्षेत्रवाट पलायन हुने पनि वढदै गएको बताएका थिए । अघिकांश पत्रकारहरु बैकल्पीक पेशामा सङलग्न हुन वाध्य रहेको उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुसिल पोख्रेलले योजना विना मिडिया सञ्चालनमा ल्याउदा समस्या वढदै गएको बताउनुुभयो । योजनावद्ध रुपमा अगाडि वढन सकेमा मात्र सफलता हासिल गर्ने सकिने उनको भनाइ रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ महासंघ दाङ शाखाका पुर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी शुसिल गौतमले हरेक क्षेत्रमा चुनौती संभावना रहने बताए । पत्रकारीता क्षेत्रमा पनि हिजो पनि चुनौती रहेका र आज पनि चुनौती रहेको बताए।

पत्रकारीतामा नैतिक वल आवस्क रहेको बताउनुुभयो । नैतिक बलले मात्र चुनौती पार गर्ने सक्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा पुर्व अध्यक्ष के वि मसाल, महासंघका सल्लाहाकार सविन प्रियासन, प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्य, प्रेस सेन्टरका अध्यक्ष पाण्डवप्रसाद शर्मा, जनक नेपाली, गिरीराज नेपाली लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे