समाजसेवी श्यामेश चाैधरीद्वारा दृष्टिविहिन सञ्चारकर्मी गिरी दम्पती परिवारलाई राहत सहयोग



समाजसेवी श्यामेश चाैधरीद्वारा दृष्टिविहिन सञ्चारकर्मी गिरी दम्पती परिवारलाई राहत सहयोग

लालमटिया ७ चैत । दृष्टि विहिन सञ्चारकर्मी विरेन्द्र गिरी दम्पती परिवारलाई एक समाजिक अभियान्ताले खाद्यान्न सहयोग गरेका छन् ।

भालुवाङ सञ्चार सेवा प्रालिद्वारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा कार्यक्रम तथा विज्ञापन शाखा प्रमुखको रूपमा कार्यरत गिरीलाई राप्ती गाउँपालिका २ लालमटिया निवासी समाजसेवी श्यामेश चौधरीले २५ किलो चामल राहत स्वरुप सोमवार प्रदान गरेका छन् ।

सञ्चारकर्मी गिरी दम्पती परिवार लालमटियामा कोठा भाडा लिएर बस्दै आएका छन् । रेडियोको तलवले मात्र घर व्यवहार चलाउन गाह्रो भएका बेला साँझ विहानको छाक टार्न सजिलो होस् भन्नका लागि चामल सहयोग गरेको चौधरीले बताएका छन् ।

दृष्टिविहीन भएका व्यक्तिहरुलाई अवसर दिनुपर्ने र सञ्चार क्षेत्रमा टिकाई रहनका लागि हाम्रो सहयोग अनिवार्य हुने भन्दै चौधरीले उक्त चामल सहयोग गरेका हुन् । उनी हालै बंगलाचुली गाउँपालिका वडा नम्बर ७ आमडाँडा निवासी रिता गाहा मगर सँगै वैवाहिक बन्धनमा बाँधिएका छन् ।

गिरी परिवारलाई सहयोग आउने क्रम अहिले पनि जारी रहेको छ । गिरीको घर कपिलवस्तु भए पनि दाङलाई कार्यक्षेत्र बनाएर बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे