अब हुने चुनाबमा जनताले प्रचण्ड र माधवलाई धुलो चटाउँछन् : पोलिटब्यूरो सदस्य चौधरी



अब हुने चुनाबमा जनताले प्रचण्ड र माधवलाई धुलो चटाउँछन् : पोलिटब्यूरो सदस्य चौधरी

भालुवाङ ६ चैत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य नरुलाल चौधरीले अब हुने चुनाबमा जनताले एमालेलाई नभई उल्टै प्रचण्ड र माधव नेपाललाई धुलो चटाउने चेतावनी दिएका छन् । नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले आइतबार देउखुरीको राप्ती गाउँपालिका—२, लालमटियामा आयोजनामा गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले सरकारमै बसेर एमसिसीका बिषयमा सोझासाझा जनतालाई झुकाएर सरकारकै प्रहरी प्रयोग गरी लडाउने र एमसिसी पास गर्ने कृयाकलापका बिरुद्ध जनताले माओवादी र एकिकृत समाजवादीलाई चुनाबबाटै धुलो चताउने बताए ।

पार्टीका दाङ जिल्ला इन्चार्ज समेत रहेका चौधरीले एमाले नेतृत्वमा बनेको सरकारले गरेका लोकप्रिय काम देखेर अहिले देशभर विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर बढेको बताए । उनले केपी ओली नेतृत्वको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारालाई आत्मासाथ गरेर राष्ट्रियता, जनजिविका, विकास निर्माण जस्ता महत्वपूणर् काम देखेर देशैभर एमाले प्रति आकर्षण बढेको बताए ।

नेकपा एमाले राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद गंगा चौधरी र पार्टीका दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले अब हुने चुनाबमा दाङका १० वटै स्थानीयतहमा नेकपा एमालेको शानदार जित हुने बताएका छन् । उनीहरुले राष्ट्रियता र देश विकासको एजेण्डा एमाले संग मात्र भएकोले देश नै एमालेमय हुने ठोकुवा समेत गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेशसभाका उम्मेदवार तथा उद्योग व्यापार संघका दाङ जिल्ला अध्यक्ष जगतप्रसाद पोख्रेलको नेतृत्वमा ६५ जना बढी राजमोका नेता, कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

पाेख्रेल राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । यसरी जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुमा कतार नेपाली एकता समाज केन्द्रिय सदस्य तथा पूर्व नेकपा मसाल दोहा कतार रक्तिम एरिया इन्चार्ज एवम् हाल नेकपा मसाल गाउँ कमिटी सदस्य सुर्य सुवेदी, अखिल नेपाल युवक संघ दाङ जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य राजकुमार आचार्य, राजमोका सक्रिय कार्यकताृहरु तोयनारायण खनाल, नारायण गिरी, दिलु गिरी, रामु पोख्रेल, शंकर चौधरी, गोपाल आचार्य, दुर्गा रोका, गोपाल पोख्रेल, बिष्णुप्रसाद पोख्रेल, ऋषि भुसाल, दोर्ण भुसाल, माधव पोख्रेल, केशब सुवेदी र खेमराज भुसाल लगायतका रहेका छन् ।

यसैगरी कार्यक्रममा सिसहनियाँ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शान्तराज भण्डारी र गढवाबाट नेपाली काँग्रेस परित्याग गरी गिरीराज भट्ट समेत नेकपा एमालेका प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी परित्याग गरी तीन सय बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीका पोलिटब्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरी, केन्द्रिय सदस्य गंगा थारु, पार्टीका केन्द्रिय लेखा आयोग सदस्य तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्मा र प्रदेशसभा सदस्य सरस्वती गौतम लगायतका नेताहरुले टिका र खाँदा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नवप्रवेशीको तर्फबाट जगतप्रसाद पोख्रेल र गिरीराज भट्टले राष्ट्रियता र जनताको पक्षमा एमाले मात्र रहेकोले एमालेको अभियानलाई साथ दिन पार्टी प्रवेश गरेको बताएका थिए ।

पार्टीकी राप्ती गाउँपालिका कमिटी उपाध्यक्ष कमलापति चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका गाउँपालिका कमिटी सचिव भरतमणि न्यौपानेले गरेका थिए ।

नामावली : हामी सग प्राप्त नामावली मात्र समावेश गरेका छाैँ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे