माओवादी केन्द्र राप्ती गाउँपालिका २ नम्बर संगठन कमिटिको सम्पर्क कार्यालय उद्घाटन



माओवादी केन्द्र राप्ती गाउँपालिका २ नम्बर संगठन कमिटिको सम्पर्क कार्यालय उद्घाटन

भालुवाङ २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका २ नम्बर संगठन कमिटिको सम्पर्क कार्यालय शनिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटीमा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले पार्टी कार्यालयको रिवन काटेर उद्घाटन गरेका छन् ।

पार्टीका २ नम्बर संगठन कमिटिका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षता एवम् मन्त्री थारुको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो । सो अवसरमा नेपाली कांग्रेसका क्रियाशील सदस्य पुनबहादुर सार्की नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सार्कीलाई प्रमुख अतिथि थारुले टिका लगाएर स्वागत तथा पार्टी प्रवेश गराएका हुन् । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका संगठन कमिटिका सहसचिव बसन्त नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे