लमहीमा वाङमय प्रतिष्ठानको तदर्थ समिति गठन, नवगठित प्रतिष्ठानको अध्यक्षमा थापा चयन
लमही २७ फागुन । दाङमा लुम्बिनी प्रदेश वाङमय प्रतिष्ठान दाङको तदर्थ समिति गठन गरिएको छ । प्रदेश स्तरिय वाङमय प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा लमहीमा आयोजित भेलाबाट प्रतिष्ठानको दाङ शाखा गठन गरिएको हो ।
लमही स्थित भक्ति थापा स्मृति प्रतिष्ठान लमहीको सभाकक्षमा सञ्चालित भेलाले साहित्यकार नीमबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा गंगानाथ कोइराला, सचिवमा जागेश्वर शर्मा घिमिरे, सह–सचिवमा हरेकृष्ण ज्ञवाली, कोषाध्यक्षमा नगेन्द्र गुरु, सदस्यहरुमा तिला पन्थी, राधा गौतम, शेरबहादुर चौधरी, शशिधर ज्ञवाली, गिरीप्रसाद पन्थी र छबिकिरण ओली रहेका छन् ।
त्यसैगरी भेलाले अन्य क्षेत्र र समावेसीताको आधारमा समितिमा थप गर्न सक्ने निर्णय गर्दै ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारहरुमा टिकाराम उदासी, हरि पोख्रेल, पदमप्रसाद शर्मा, डिल्लीराज श्रीधर र खगराज न्यौपाने रहेका छन् । तदर्थ समितिको गठन पश्चात लुम्बिनी प्रदेश वाङमय प्रतिष्ठानका प्रदेश सदस्य एवं थारु भाषा तथा साहित्य संरक्षण मञ्चका अध्यक्ष छबिलाल कोपिलाले ६ महिना भित्र लोकतान्त्रिक प्रकृयाबाट प्रथम अधिवेशन सम्पन्न गराउन सफलता मिलोस् भन्ने शुभकामना दिएका थिए ।

