कार चालक पक्राउ परेपछि बन्द राजमार्ग खुल्यो



कार चालक पक्राउ परेपछि बन्द राजमार्ग खुल्यो

भालुवाङ २५ फागुन । कार चालक पक्राउ परेपछि बन्द राजमार्ग सुचारु भएको छ । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएपछि आज विहानै देखि मृतकका आफन्ती र स्थानीयबासीले बन्द गराएको लमही-भालुवाङ सडक खण्ड सुचारु भएको हो ।

फरार रहेका कार चालकलाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेपछि दुवै पक्ष बीच कानुन अनुसार क्षतीपुर्ती र कारवाही गर्ने सहमतीमा अबरुद्ध सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

गएराती भालुबाङबाट लमही आउँदै गरेको बा १० च २५८१ नम्बरको कार र लमही देखि भालुबाङ तर्फ जाँदै गरेको रा ६ प ६८४९ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका नरेन्द्र जिसीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे