रोटरी क्लब अफ लमहीले विश्व मृगौला दिवस रक्तदान कार्यक्रम गरी मनायो



रोटरी क्लब अफ लमहीले विश्व मृगौला दिवस रक्तदान कार्यक्रम गरी मनायो

लमही २५ फागुन । रोटरी क्लब अफ लमहीको बृहत् रक्तदान कार्यक्रम लमहीमा सम्पन्न भएको छ । विश्व मृगौला दिवसको अवसरमा रोटरी क्लव अफ लमहीले देउखुरी व्यापी रक्तदान कार्यक्रमको लमहीमा आयोजना गरेको हो । क्लबले रक्तदान गरेर विश्व मृगौला दिवस मनाइएको छ ।
अन्तर्राष्ट्रिय विश्व मृगौला दिवसको अवसरमा लमहीमा वृहत् रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष बसन्तकुमार भण्डारीले जानकारी दिए । बुधवार भएको रक्तदान कार्यक्रममा लमहीमा ६७ जनाले लमहीमा रक्तदान गरेका छन् ।

जस अन्र्तगत लमहीको होण्डा स्वरुमबाट ६ जना, गोरखा स्कुलबाट ३३ जना र अन्यबाट २८ जना गरि जम्मा ६७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक लोकमान रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे