कार चालक तत्काल पक्राउ गर्न माग गर्दै  भालुवाङ बजार र राजमार्ग बन्द



कार चालक तत्काल पक्राउ गर्न माग गर्दै  भालुवाङ बजार र राजमार्ग बन्द

भालुवाङ २५ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका १ पुल्चोक भालुवाङ बजार र पुर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

गएराती पाैने ९ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा कार र बुलेट माेटरसाईकल एक आपसमा  ठाेक्किदा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षिय माेटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियोे ।

फरार रहेका कार चालकलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त तथा स्थानीयले भालुवाङ बजार बन्द गराउनुको साथै राप्ती पुल र भालुवाङ- प्युठान सडक खण्डको इच्छुक चोकमा राजमार्ग समेत बन्द गरि आन्दोलन थालेका छन् ।

फरार रहेका कार चालकलाई सम्बन्धित गाडीधनीको लुकाएर राखेको र प्रहरीले पक्राउ गर्न खासै चासो नदिएको स्थानीयहरूले आरोप समेत लगाएका छन् ।

लमही देखि भालुवाङ तर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको माेटरसाइकल र भालुवाङ देखि लमही तर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा  एक आपसमा ठाेक्किदा माेटरसाइकल चालक  जिसी गम्भीर घाइते भएका थिए उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु थियो ।

मृतकको शव अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ । यता प्रहरीले भने फरार चालकको खाेजी कार्य तिब्र पारिएकाे बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे