दाङकाे देउखुरीमा कार र माेटरसाइकल एक आपसमा ठाेक्किदा एक जनाकाे मृत्यु



दाङकाे देउखुरीमा कार र माेटरसाइकल एक आपसमा ठाेक्किदा एक जनाकाे मृत्यु

भालुवाङ २४ फागुन ।  दाङकाे देउखुरीमा कार र बुलेट माेटरसाईकल एक आपसमा  ठाेक्किदा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षिय माेटरसाइकल चालक नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

मंगलबार राती पौने  ९ बजेकाे समयमा लमही देखि भालुवाङ तर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको माेटरसाइकल र भालुवाङ देखि लमही तर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा  एक आपसमा ठाेक्किदा माेटरसाइकल चालक  जिसी गम्भीर घाइते भएका थिए उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

मृतकको शव अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेकाे र फरार चालकको खाेजी कार्य तिब्र पारिएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे