बाउन्नेपाटाका किसानहरु मिनिटिलर पाउँदा खुसी



बाउन्नेपाटाका किसानहरु मिनिटिलर पाउँदा खुसी

भालुवाङ २४ फागुन । राप्ती गाउँपालिका वडा नम्बर २ बाउन्नेपाटाका किसानहरु मिनिटिलर पाउँदा निकै खुसी भएका छन् । राँगा तथा गोरुले खेतवारी जोत्दै आएका किसानहरु मिनिटिलर पाउँदा निकै खुसी भएका हुन् ।राप्ती गाउँपालिकाको विकट वडाहरुको रुपमा रहेको बाउन्नेपाटा गाउँका किसानहरुलाई खेतीपाती गर्न सहज होस भन्नका राप्ती गाउँपालिका वडा नम्बर २ ले मंगलवार बाउन्नेपाटा टोल विकास संस्थालाई ३ वटा मिनिटिलर वितरण गरेको छ । मिनीटिलर पाउँदा त्यहाँका किसानहरु खुसी भएका छन् ।राँगा तथा गोरु भन्दा यान्त्रिक मेसिनले जोत्दा सजिलो हुने स्थानीय किसान टिकाबहादुर बुढा मगर (तुलसी) र कालि बुढामगरको भनाई रहेको छ । भालुवाङ बजार देखि करिव साढे १० किलोमिटरको दुरीमा रहेको सो गाउँमा प्राय मगरहरुको बसोबास रहेको छ । यहाँका अधिकाशं मानिसहरु खेतीपाती गर्दछन् ।वडा कार्यालयले किसानलाई यान्त्रिक उपकरण सँग जोड्न तथा किसानलाई कृषि आधुनिकीकरण तर्फ आकर्षित गर्न र लागत घटाई उत्पादन बढाउन २ लाख बजेटबाट ३ वटा मिनिटिलर वितरण गरेको वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।
वडाका किसानमा खेतबारी जोत्नका लागि यस किसिमका मिनी टिलरको आकर्षण बढ्न थालेको छ । स्थानीय सरकारले किसानलाई बेलाबखतमा यान्त्रिक उपकरण दिएर कृषकहरुलाई प्रोत्साहन समेत दिदै आएको छ ।

बाउन्नेपाटा टोल विकास संस्थाका अध्यक्ष टिकाबहादुर बुढा मगर (तुलसी) को अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक बरसाती गडरिया, वडा नम्बर २ का वडा सदस्यहरु बसन्त नेपाली, पिमा गाहा मगर, लालबहादुर चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि शाखाका प्राविधिक सहायक सिमा भट्टले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे