राप्ती गाउँपालिकामा अपाङ्गताका विषयमा समन्वयात्मक बैठक सम्पन्न



राप्ती गाउँपालिकामा अपाङ्गताका विषयमा समन्वयात्मक बैठक सम्पन्न

भालुवाङ २४ फागुन । अपाङ्गताका विषयमा बहुपक्षिय तथा द्धिपक्षीय दातृ निकाय र लक्षित समुह सँगको २ छुट्टाछुट्टै समन्वयात्मक बैठक मंगलवार राप्ती गाउँपालिकामा सम्पन्न भएको छ ।राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सो बैठक सम्पन्न भएका हुन् । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षमा भएको बैठकले अपाङ्गताको परिभाषा, किसिम र देखिएका समस्या तथा समाधानका विषयमा छलफल गरिएको छ । यस क्षेत्रमा अपाङ्गताको अवस्था कमजोर देखिएकोले सो समस्या न्युनीकरण गर्न विभिन्न संघ संस्थाहरु सँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको सहभागीहरुको भनाई रहेको छ ।बैठकमा नागरिक समाज राप्तीका सचिव ओमप्रकाश गुप्ता, रेडियो हाईवेका प्रवन्ध निर्देशक केपी घिमिरे, जेष्ठ नागरिक सञ्जाल लमहीका अध्यक्ष जागेश्वर शर्मा घिमिरे, लमही नगर अपाङ्ग सञ्जालका अध्यक्ष वेदनिधी धिताल, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पुणर्िमा चौधरी, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी सदस्य दमन्ता अधिकारी, सिसा नेपालका बोर्ड सदस्य सन्तोषकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो । बैठकको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश जनवकालत संयोजक सरोजा भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे