राप्ती गाउँपालिकाकाे देवीकोटमा वडा स्तरीय स्रोता क्लव गठन



राप्ती गाउँपालिकाकाे देवीकोटमा वडा स्तरीय स्रोता क्लव गठन

भालुवाङ २३ फागुन । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबासीहरुले विटक क्षेत्रका विषयवस्तुलाई रेडियोले समेट्न सक्नुपर्ने बताएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ९ को आर्थिक सहयोग तथा रेडियो राप्ती ९८.४ मेगाहर्ज लालमटियाको सहजीकरणमा समावेशी रेडियो राप्ती स्रोता क्लवले सोमवार राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा आयोजना गरेको समाज रुपान्तरणमा रेडियोको भुमिका विषयक अन्तरक्रिया तथा वडा स्तरीय स्रोता क्लव गठन कार्यक्रममा बोल्ने सहभागीहरुले सो कुरा बताएका हुन् ।

स्रोता क्लवका अध्यक्ष लालमणी भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको प्रमुख आतिथ्यता तथा रेडियो राप्ती÷राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुल ९ नम्बर वडामा मोटरबाटो जीर्ण बन्दै जाँदा आवात जावतमा निकै सास्ती खेप्नु परेको बताएका छन् ।

सामान्य स्वास्थ्य चेकजाँच बाहेक अन्य स्वास्थ्य सेवा लिन पनि समस्या रहेको र उच्च शिक्षा हासिल गर्न देउखुरी जानुपर्ने बाध्यता अझै पनि कायमै रहेकोले स्थानीय सरकारले त्यसमा ध्यान दिनु पर्ने सुझाव दिएका छन् । कार्यक्रममा नेकपा एमाले ९ नम्बर वडा कमिटि अध्यक्ष बलराम बुढामगर, देवीकोट टोल विकास संस्थाका अध्यक्ष प्रिमी गाहा मगर, देवीकोट खानेपानी समितिका सचिव तामबहादुर खैकला मगर, देवीकोट स्वास्थ्य इकाई केन्द्रका अहेव अमरुल्ला मियाँ, समाजसेवी दिनेश वली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्रोता क्लवकी उपाध्यक्ष गिता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता र सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ताले गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन रेडियो राप्तीका कार्यक्रम उत्पादन तथा विज्ञापन शाखा प्रमुख विरेन्द्र गिरीले गर्नु भएको थियो ।

यसै बीच साेमवार रेडियाे राप्ती ९८.४ मेगाहर्ज संग आवद्ध समावेशी रेडियो राप्ती स्रोता क्लवकाे मातहतमा रहने गरी खिमबहादुर वलीको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरीय भद्राक्षी रेडियो राप्ती स्रोता क्लव गठन गरिएको छ ।  नव गठित स्रोता क्लवको उपाध्यक्षमा कालिका सुनारी मगर, सचिवमा तामबहादुर खैकला मगर, सहसचिवमा द्रोर्ण वली र कोषाध्यक्षमा बालाराम बुढामगर रहनु भएको छ ।

त्यसै गरी सदस्यहरुमा अमिरुल्ला मियाँ, धनवीर सुनारी मगर, भानु गाहा मगर, प्रकाश बराल, मोहनलाल घर्ती, जानकी वली, रहमद मियाँ र जाहिरा खातुन रहनु भएको छ । नव गठित स्रोता क्लवको पहिलो बैठक फागुन २८ गते शनिवार विहान ११ बजे देवीकोटमा बस्ने निर्णय समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे