दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम



दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम

भालुवाङ २३ फागुन । दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका ९ स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो ।

राप्तीले ७. ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले  जानकारी दिए ।  प्रतिवेदनमा  बंगलाचुली  गाउँपालिकाले  ५४.३९,  घोराही  उपमहानगरपालिकाले  ६०. ८८,  तुलसीपुर उपमहानगरपालिकाले ६४. ४१, शान्तिपुर गाउँपालिकाले ७०. ३०, बबई गाउँपालिकाले ५८. ९८, दगीशरण गाउँपालिकाले ५९. ३२, गढवा गाउँपालिकाले ४७. ९८ र राजपुर गाउँपालिका ४५. ५१ अंक पाएका छन् ।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४५.५१ अंक पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आव २०७९÷८० का लागि यसङ्घबाट  स्थानीय  तहमा  प्रदान  गर्ने  समानीकरण  अनुदानको  रकम  सिफारिस  हुने  जनाइएको  छ ।  आयोगले  कार्यसम्पादन  सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरुलाई अंक दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे