एमाले दाङले पूर्णता पायो : राप्ती गाउँपालिकाकाे इन्चार्जमा हरि बेल्बासे चयन



एमाले दाङले पूर्णता पायो : राप्ती गाउँपालिकाकाे इन्चार्जमा हरि बेल्बासे चयन

दाङ २२ फागुन । नेकपा एमाले दाङको पहिलो पुर्ण वैठकले विभिन्न विभाग तथा संठगनलाई पूर्णता दिँदै सकिएको छ । आईतबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न पूर्ण बैठकले डेढ दर्जन बढी विभाग गठन गरेको छ भने संघीय, प्रदेश निर्वाचन क्षेत्र तथा दश वटै पालिका तथा सय वटै वडामा ईन्चार्ज पनि तोकेको छ ।

यसैगरी जिल्ला सल्लाहकार, जेष्ठ कम्युनिष्ठ मञ्च र विभिन्न विभागहरुलाई समेत वैठकले पूूर्णता दिएको छ ।एमाले दाङका अध्यक्ष हुुकुुमबहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमाले पोलिट व्यूरो सदस्य एवं दाङ ईन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले संघीय निर्वाचन क्षेत्र अन्तर्गत ३ वटै क्षेत्रमा ईन्चार्ज तोकेको छ ।

जस अन्तर्गत क्षेत्र नम्बर १ मा पार्टी उपाध्यक्ष राममणि पाण्डे, क्षेत्र नम्बर २ मा सचिव मनोहर बुढाथोकी र क्षेत्र नम्बर ३ मा उपसचिव कृष्ण भुसाललाई चयन गरेको छ । यसैगरी क्षेत्र नम्वर १ को क मा नन्दकुमार चौधरी, ख मा भुपनारायण चौधरी, २ को क मा गिरबहादुर कवर, ख मा अमर खडका, ३ को क मा पदम केसी र ख मा यमएन शाहलाई इञ्चार्ज तोकिएको छ ।

यसैगरी, जिल्लाका दश वटै पालिकाको ईन्चार्ज पनि तोकिएको छ । जस अनुसार घोराही उपमहानगरपालिका ईन्चार्जमा गेहेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका ईन्चार्जमा मानबहादुर रावत, लमही नगरपालिका ईन्चार्जमा नारायण छम्पाली चयन भएका छन । यसैगरी, दंगीशरण गाउँपालिका ईन्चार्जमा भागीराम चौधरी, शान्तिनगर गाउँपालिकामा विष्णुु केसी, राप्ती गाउँपालिकामा हरि बेल्बासे, राजपुर गाउँपालिकामा कुलराज गिरी, गढवा गाउँपालिकामा सहजराम यादव, बंगलाचुली गाउँपालिकामा हेमराज पुन चयन भएका छन ।

गत पुस २३ गते सम्पन्न जिल्ला अधिवेशनले तय गरेको १० प्रतिशत जिल्ला कमिटी सदस्य पनि मनोनित गरेको छ । जिल्ला सदस्यमा मनोनित हुनेहरुमा सविन प्रियासन, श्याम आचार्य, बुुद्धिराम बुुढा, प्रेम नाथ योगी, दीपेन्द्र शाह, पूूर्ण वली, हरि गोराथोकी, नारायण खनाल, सुुनिल आचार्य, निमबहादुर केसी, सुरेश आचार्य, मोहन पौडेल, नवराजदेवकोटा, लक्ष्मण भण्डारी, जीतबहादुर केसी, विकल्प भण्डारी, विकास डाँगी, दुुर्गा पन्थ, पूर्ण थापा, गोपाल ज्ञवाली,गोपाल विक, मनोज लामिछाने, डिल्ली पाण्डे, रविलाल घर्ती, दिलिप खनाल लगायतका रहेका छन ।

पूर्ण वैठकले संगठन विभाग प्रमुखमा श्याम डाँगी, स्कूल विभाग प्रमुखमा विवेक श्रेष्ठ, प्रचार विभाग प्रमुखमा सविन प्रियासन, प्रेस चौतारी विभाग प्रमुखमा संगीत बस्याल, आर्थिक विभाग प्रमुख खिमबहादुर डाँगी, किसान महासंघ विभाग प्रमुख सुदन केसी, युवा विभाग प्रमुख सुरेश रावत, खानेपानी तथा सरसफाई विभाग प्रमुख नारायण छमपाली, पेशागत महासंघ विभाग प्रमुखमा श्याम आचार्य, मुक्तिसमाज प्रमुखमा मानवबहादुर बिक, अनेम संघ प्रमुखमा हिरा पुन, लोकतान्त्रिक आदिबासी जनजाति प्रमुखमा विकास चौधरी चयन भएका छन् ।

त्यसै गरी जनसंगठन समन्वय तथा सम्पर्क विभाग प्रमुखमा हुकुम बहादुर बस्नेत, सामाजिक संघसंस्था विभाग प्रमुखमा नवराज लामीछाने, उद्योग विभाग प्रमुखमा रामप्रसाद चालिसे, कृषि तथा सहकारी विभाग प्रमुखमा सानुनारायण अधिकारी, वन तथा वातावरण विभाग प्रमुखमा मेघराज भुसाल, खेलकूद विभाग प्रमुखमा भोजराज वली, शिक्षा विभाग प्रमुखमा भरत अर्याल, श्रम तथा रोजगार विभाग प्रमुखमा अनिल आचार्य, कानून तथा निवार्चन विभाग प्रमुखमा मनोहर बुढाथोकी, स्थानीय भौतिक पूर्वाधार विकासमा कूलबहादुर केसी, यातायात विभाग प्रमुखमा शिवराज पन्थी, लोकतान्त्रिक थारु संघ विभाग प्रमुखमा मंगल चौधरी, लोकतान्त्रिक अपांग संघ विभाग प्रमुखमा दौलक खत्री, लोकतान्त्रिक मगर संघ विभाग प्रमुखमा भानसिंह बुढालाई चयन गरिएको नवनियुक्त प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिएका छन।

वैठकले एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको नेतृत्वमा ९ सय ८१ सदस्यिय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको छ । वैठकले जिल्ला सदस्यहरुलाई वडावडामा विभिन्न कार्यक्रम गर्नको लागि विशेष जिम्मा पनि दिएको छ ।

सो अबसरमा केन्द्रीय सदस्यहरु शान्ता चौधरी, सीता सिग्देल न्यौपाने, गंगा थारु, नेताहरु शम्भू गौतम, छविलाल वली, टिकाराम खड्का, सरस्वती गौतम, लक्ष्मण आचार्य लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे