सिसहनियाँ–महदेवा पुल नजिकै कार र मोटरसाईकल ठोक्किदा एक बालिकाको मृत्यु



सिसहनियाँ–महदेवा पुल नजिकै कार र मोटरसाईकल ठोक्किदा एक बालिकाको मृत्यु

भालुवाङ १८ फागुन । दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार देउखुरी क्षेत्रमा कार र मोटरसाईकल एकआपसमा ठोकिदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाईकलमा सवार सिमासर चौधरीको छोरी १० बर्षिया सन्धाय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएकी बालिकाका लमही अस्पतालमा उपचारकै क्रममा गएराती निधन भएको हो । मृतक बालिकाको शब अस्पतालमा राखीएको छ । यस्तै दुर्घटनामा परी घाईते हुनेमा राप्ती ६ सगरापुर बस्ने ४५ बर्षिया जयराम चौधरी, मोटरसाईकलमा सवार सोहि ठाउँ बस्ने ४० बर्षिया बेदकुमारी चौधरी र यस्तैगरी पैदलयात्री लमही ८ असनी बस्ने २८ बर्षिय पारस बोहोरा घाईते भएको प्रहरीले बताएको छ ।

गोबरडियाबाट सिसहनिया तर्फ जादै गरेको लु २ च ७६८२ नम्वरको कार र विपरित दिशाबाट आउदै गरेको रा ४ प ३४६१ नम्वरको मोटरसाईकल गएराती साढे दश बजे गढवा २ महादेवा पुल नजिकै ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् ।

यता तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक सुनसरी रामदुनी ३ बस्ने ३२ बर्षिय महमद सलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको प्र १ ०२०४६ प ४८९९ नम्वरको मोटरसाईकल गएराती साढे एघार बजे अनियन्त्रित भई दुर्घटना भएको हो । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे