राप्ती गाउँपालिकाको सुन्दरपुरमा शिव मन्दिर उद्घाटन



राप्ती गाउँपालिकाको सुन्दरपुरमा शिव मन्दिर उद्घाटन

भालुवाङ १८ फागुन । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ सुन्दरपुर शिव मन्दिरको उद्घाटन गरिएको छ । शिवरात्री पर्वको अवसर पारि मन्दिरको उद्घाटन गरिएको हो ।

मन्दिरको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले रिबन काटेर उद्घाटन गरेका थिए । शिव मन्दिर निर्माण तथा संचालन समितीका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजाल, राप्ती गाउँपालिका १ नम्बर वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णुबहादुर घर्ती क्षेत्री, होमप्रसाद शर्मा, जगतप्रसाद पोख्रेल, रामबहादुर केसी, बिष्णु पोख्रेल, नन्दु गिरी, टोपबहादुर कार्की, जिवराज ओलीको उपस्थिति भएको कार्यक्रमको संचालन शिक्षक कुलराज जैसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे