राप्ती गाउँपालिकाको मसुरीयामा शिवरात्री मेला सुरू, साँस्कृतिक कार्यक्रममा कलाकारहरूले मञ्च तताए



राप्ती गाउँपालिकाको मसुरीयामा शिवरात्री मेला सुरू, साँस्कृतिक कार्यक्रममा कलाकारहरूले मञ्च तताए

भालुवाङ १७ फागुन ।  देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीयामा आज देखि  शिवरात्री मेला तथा साँस्कृतिक कार्यक्रम सुरू भएको छ ।

सम्पुर्ण उपभोक्ताहरुको आव्ह्वान, “परम्परागत संस्कार र संस्कृतीको जगेर्ना गर्ने हाम्रो अभियान“ भन्ने मुल नाराका साथ भद्राक्षी समुह राप्ती गाउँपालिका ३ मसुरीयाको आयोजना र घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनाम राति ८ बजे देखि मेला सञ्चालन भएको हो । 

लुम्बिनी प्रदेशको सुन्दरनगरी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आज फागुन १६ गते देखि १८ गते सम्म मेला तथा साँस्कृतिक कार्यक्रम भएको हो ।
घण्टदेव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दलबहादुर घर्ती मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको मेला उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले मेलालाई विकृति विसंगति रहित सञ्चालन गर्न सुझाव दिएका थिए ।

सो अवसरमा वन महासंघ राप्तीका अध्यक्ष हरि भुसाल, घण्टदेव सामुदायिक वनका संस्थापक अध्यक्ष दुर्योधन पाण्डे, पुर्व अध्यक्षहरू धर्मराज अधिकारी, किरण भण्डारी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता, समाजसेवी केशवराज खनाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सामुदायिक वनका कोषाध्यक्ष धनीराम घर्तीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मेला संयोजक सुरेन्द्र भुसालले गर्नु भएको थियो ।

मेलामा चर्चित कलाकारहरु प्रेम शर्मा, देवकला बस्नेत, राजेन्द्र चाैधरी लगायतका कलाकारहरूले दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने अन्य स्थानीय कलाकारहरुले समेत मञ्च तताएका थिए ।

मेलामा ५० वटा स्टल रहेको छ । मेलाबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिने आयाेजकले जानकारी दिएकाे छ । कार्यक्रमको राप्ती टेलिभिजनले छायांकन गरेको थियो भने रेडियो राप्ती र देउखुरी टुडे डटकमले प्रत्येक दिनको रिपोटिङ गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे