प्युठानको सरुमारानी गाउँपालिकाद्धारा मगर दिवसको आज सार्वजनिक विदा



प्युठानको सरुमारानी गाउँपालिकाद्धारा मगर दिवसको आज सार्वजनिक विदा

प्युठान १५ फागुन । प्युठानको सरुमारानी गाउँपालिकाले आज आइतवार सार्वजनिक बिदा दिएको छ । फागुन १५ गते मगर दिवसको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिइएको हो ।

गाउँ कार्यपालिकाको फागुन १३ गतेको निर्णयअनुसार मगर दिवसको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले बताए ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने छन् । यो पालिकामा मगरहरुको बाहुल्यता छ ।

मगर समुदायले प्रत्येक वर्ष फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएका छन । प्युठान जिल्लामा आज मगर संघ तथा समुदायले विभिन्न कार्यक्रमका साथ मगर समुदायको भेषभुषा, ¥याली तथा झाँकी प्रदर्शन गरि दिवस मनाउने तयारी गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे