देउखुरीकाे राप्ती गाउँपालिकामा कृयाशिल पत्रकारहरूकाे दशैमिलन तथा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्र



देउखुरीकाे राप्ती गाउँपालिकामा कृयाशिल पत्रकारहरूकाे दशैमिलन तथा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्र
जहाँ सञ्चारमाध्यम छ, त्यहाँ विकास हुन्छ
रितु राना, भालुवाङ ८ कार्तिक ।
विजयादशमी तथा दीपावलीको अवसरमा दाङको राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरूको अायोजनामा शुभकामना अादान प्रदान तथा दशैमिलन कार्यक्रम शनिवार सिसहनियाँमा सम्पन्न भएको छ ।
देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् पुराना तथा अग्रज पत्रकार अर्जुन अधिकारीको प्रमुख अातिथ्यता र देउखुरी टुडे डटकमका सम्पादक होमप्रसाद शर्माको विशिष्ट अातिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सञ्चारमाध्यम भएको ठाउँमा विकास हुने भएकाले विकास निर्माणबाट पछाडि परेको ठाउँमा सञ्चारमाध्यमको स्थापना हुन अावश्यक रहेको बताएका थिए ।
साथै वक्ताहरूले क्रियाशिल पत्रकारहरूलाई खोजी पत्रकारिता तर्फ कलम चलाउन सुझाव दिएका थिए । उनीहरूले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रलाई केन्द्र बनाएर तोकेको हुँदा पत्रकारले अाफ्नो स्तर बढाउनु पर्ने पनि बताएका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, सञ्चारकर्मीहरू तुलबहादुर कंवर मगर, अन्शु बोहरा, रितु राना, हरि कुमाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । देउखुरी टुडेका प्रकाशक/ सम्पादक सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कमल गिरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे