प्रदेश राजधानीको मास्टर प्लानका बिषयमा सरोकारवालाहरु सँग प्रारम्भविक छलफल



प्रदेश राजधानीको मास्टर प्लानका बिषयमा सरोकारवालाहरु सँग प्रारम्भविक छलफल

भालुवाङ ११ फागुन । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि तयार पारिएको मास्टर प्लानको बिषयमा सरोकारवालाहरु संग बुधवार देउखुरीको राप्ती गाउँपालिका—३, मसुरियाको सभाहलमा प्रारम्भविक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको मास्टर प्लानको स्थायी राजधानीबासी केन्द्रित प्रारम्भविक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्राधिकरणले तयार पारेको प्रारम्भविक मास्टर प्लानमा थप गर्नुपर्ने र हटाउनु पर्ने बिषयमा आवश्यक सल्लाहसुझाब लिन राजधानी क्षेत्रका जनप्रतिनिधि, स्थानीय राजनितिकदल, सरोकारवाला निकाय संग अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ ।अन्तरक्रियाबाट आएका सल्लाह सुझाबलाई समेटर फाइनल मास्टर प्लान तयार गरी प्रदेश सरकारमा स्वीकृत गराउने काम प्राधिकरणको रहेको छ । सोही अनुरुप प्राधिकरणले विभिन्न किसिमबाट छलफल तथा अन्तरक्रिया शुरु गरेको छ । स्थानीयस्तरबाट उक्त मास्टर प्लान अनुमोदन भएपछि मात्र राजधानीका लागि भौतिक संरचना तयार हुने प्राधिकरणले जनाएको छ ।

आज भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुबाट एकदमै सकरात्मक प्रतिक्रिया सहित भुमिहिन, सुकुमबासीको हकमा भने बासोबासको ज्ञारेण्टी हुनुपर्ने सुझाब आएको प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरे र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्थायी राजधानी रहेको क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय राजनितिकदल र संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे