राप्ती गाउँपालिकामा एमसीसीका विषयमा फागुन ११ गते खुल्ला विचार गोष्ठी हुने



राप्ती गाउँपालिकामा एमसीसीका विषयमा फागुन ११ गते खुल्ला विचार गोष्ठी हुने

भालुवाङ ९ फागुन । देउखुरीको राप्ती गाउँपालिकामा अमेरिकी अनुदान मिलियन च्यालेन्स कर्पोरेसन एमसीसीका विषयमा खुल्ला विचार गोष्ठी कार्यक्रम हुने भएको छ ।

रेडियो राप्ती तथा राप्ती टेलिभिजन कर्मचारीको आयोजनामा सोमवार रेडियोको कार्यालय लालमटियामा विभिन्न संघ संस्थाहरु सँगको संयुक्त बैठकले फागुन ११ गते विहान ११ बजे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको पशुवृद्धा आश्रम महिला भवनमा कार्यक्रम गर्ने निणर्य भएको छ ।

रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षमा बसेको बैठकले नागरिक समाज राप्ती, रेडियो राप्ती तथा राप्ती टेलिभिजन, राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती स्रोता क्लबको संयुक्त आयोजना एमसीसी ठिक वा बेठीक भन्ने विषयमा खुल्ला विचार गोष्ठी कार्यक्रमको आयोजना गर्न लागिएको हो । सो कार्यक्रममा मन्त्री, सांसद, राजनीतिक दलका प्रतिनीधि,जनप्रतिनीधि, संघसंस्थाका प्रमुख, सञ्चारकर्मी लगायत सरोकारवाला निकायहरुलाई आमन्त्रण गर्ने निणर्य समेत गरेको छ ।

बैठकमा नागरिक समाज राप्तीका संयोजक पुरुषोत्तम आचार्य, सदस्य शेषमणी शर्मा, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता र समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसाल लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको रेडियो राप्ती र राप्ती टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे