आदीवासी जनजाती महासंघको भेला सम्पन्न : राप्तीकाे अध्यक्षमा पुन र लमहीकाे अध्यक्षमा चाैधरी चयन



आदीवासी जनजाती महासंघको भेला सम्पन्न : राप्तीकाे अध्यक्षमा पुन र लमहीकाे अध्यक्षमा चाैधरी चयन
देउखुरी ९ फागुन । नेपाल आदीवासी जनजाती महासंघ लमही नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ ।
नेकपा एमाले लमही नगर कमिटिका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई सम्वोधन गर्दै शर्माले संविधानमा अधिकार समेटिएपनि त्यसको व्यवहारिक कार्यान्वयनको लागी आवाज उठाउनुपर्ने बताएका छन् ।
भेलाले जगनारायण चौधरीको अध्यक्षतामा २७ सदस्यीय लमही नगर समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सरस्वती लामा, सचिवमा देवमणी चौधरी लगायत रहेका छन् ।
यसैगरी आदीवासी जनजाती महासंघ राप्ती गाउँपालिकाको अध्यक्षमा दिलबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा जसुकुमारी घर्ती, सचिवमा लिलाबहादुर रोका मगर, उपसचिवमा योमराज घर्तीमगर, नन्दुराज चौधरी लगायत अन्य सदस्यमा रहेका छन् ।
राप्ती गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष गोकर्ण रानाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय अनुसासन आयोगका सदस्य एवम् नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतम, नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा, आदीवासी जनजाती महासंघका केन्द्रिय सदस्य पवित्रा घर्तीमगर, रचना कुमाल लगायतको बिशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे