लमहीमा कुकुरहरुको बन्ध्याकरण गर्न सुरु



लमहीमा कुकुरहरुको बन्ध्याकरण गर्न सुरु

लमही ९ फागुन । लमहीमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज रोग बिरुद्धको ६ दिने निशुल्क खोप कार्यक्रम आज देखि सुरु भएको छ । लमही नगरपालिका पशु उपशाखा लमहीको कुल ७ लाखको लगानीमा उक्त कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको मेयर कुलबहादुर केसीले उद्घाटन गरेका हुन् । उपमेयर देबका बेल्बासेको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । गत बर्ष १ सय ३० वटाको लक्ष्य राखिएकोमा १ सय ५० वटाको बन्ध्याकरण गरिएकोे थियो । भने यस बर्ष बढाएर २०९ वटाको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ ।

लमही नगरपालिका पशु उपशाखा लमहीको आयोजना तथा एनिमल रेस्क्यु ट्रस्ट कास्की पोखराको प्राबिधिक सहयोगमा कार्यक्रम सुरु भएको हो । बार्षिक कार्यक्रम अन्तरगत तेस्रो पटक उक्त शिबिर आयोजना गरिएको हो । कार्यक्रम संचालन पशु उपशाखा लमहीका प्रमुख शिबराज न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे