राजधानी स्थान्तरणको मुख्य बाधक शिक्षालय बन्याे : प्रमुख कार्यकारी अधिकृत घिमिरे



राजधानी स्थान्तरणको मुख्य बाधक शिक्षालय बन्याे : प्रमुख कार्यकारी अधिकृत घिमिरे

भालुवाङ ९ फागुन । लुम्बिनी प्रदेशको राजधानी स्थान्तरणको मुख्य बाधक राप्ती प्राविधिक शिक्षालय बनेको प्रदेश पुर्वधार विकास प्राविधिकरणका प्रमुख कार्यकारी अधिकृत अन्तराज घिमिरे बताएका छन् ।

आइतबार राजधानी सरोकार समिति देउखुरीले प्राविधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई कार्यालयमा भेटेर राजधानी स्तान्तरण, डिपिआर, ल्याण्डपुलिङ, मास्टर पलान र जग्गा फुकुवा लगायतका विषयमा अवगत गराएका थिए ।

सो क्रममा प्रमुख कार्यकारी अधिकृत घिमिरेले शिक्षालय गोवरडिहाको सरस्वती माविमा सर्ने बितिकै सवै मन्त्रालयहरू राप्ती उपत्यका देउखुरीमा आउने आश्वासन दिएका छन् । त्यस क्रममा राजधानी स्थान्तरणका विषयमा देखिएका समस्या समाधानका लागि संघिय शिक्षा मन्त्रालय, प्रधानमन्त्री, मन्त्रीहरूलाई भेट गर्न डेलिकेशन जाने बताइएको छ ।
छलफलमा जनता सामाजवादी पार्टीका दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, संघिय परिषद सदस्य टोपबहादुर कार्की, नेपाली कांग्रेस राप्ती गाउँपालिका अध्यक्ष विद्याशरण चौधरी, नेकपा एमाले राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारी र जनता समाजवादी पार्टी राप्ती गाउँ पालिका अध्यक्ष रणप्रसाद सुवेदी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे