दाङमा ट्रकले मोटरसाइलाई ठक्कर दिदा एक जनाको मृत्यु



दाङमा ट्रकले मोटरसाइलाई ठक्कर दिदा एक जनाको मृत्यु

दाङ ९ फागुन । दाङमा ट्रकले मोटरसाइलाई ठक्कर दिदा एक जनाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-३ कुहिरे पानीका १९ वर्षीय अर्जुन खड्का रहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दीनुभएको छ ।

खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ । सोमबार बिहान पौने ७ बजे घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९४०४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यसै बीच ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर अबरुद्ध घोराही लमही सडक खण्ड सुचारु भएको छ । दोषीलाई कानुन अनुसार कारबाही गर्ने सहमति पछि आक्रोशीत स्थानीयबासीले बिहान साढे १० बजे देखि अबरुद्ध गरेको सडक दिउँसो साढे २ बजे देखि सुचारु भएको हो ।

बाटो खुलाउन प्रयास गर्ने प्रहरी र स्थानीयबासी बीच झडप हुँदा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे