एमालेको भोली लमहीमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम, हजारौँको संख्यामा पार्टी प्रवेश गराइने



एमालेको भोली लमहीमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम, हजारौँको संख्यामा पार्टी प्रवेश गराइने

देउखुरी ९ फागुन । नेकपा एमाले दाङले भोली लमहीमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रमकाे आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका महासचिव शंकर पोख्रेल भोली देउखुरीको लमही आउन लागेका छन् ।

 

उक्त कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले दाङले जनाएको छ । साथै सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँको संख्यामा नेकपा एमालेमा पार्टी प्रवेश गराउने तयारी समेत रहेको पार्टीका दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

साथै नेकपा एमाले दाङले उक्त कार्यक्रममा उपस्थीत भईदिन पार्टीका सम्पुर्ण अगुवा नेता कार्यकर्ता, पार्टीका गाउँ कमिटी र वडा कमिटी, सल्लाहकार तथा पुर्व जिल्ला समिती र वर्तमान जिल्ला समितीका नेताहरु तथा जनबर्गिय मोर्चाका सबै कार्यकर्ताहरुलाइ अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे