एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने



एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाण्डौं ८ फागुन । अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सम्झौता पेस गरे ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा यो सम्झौता पेस भएको हो ।

सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपालमा चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने र विद्युत् सेवाको विस्तार र अन्तर्राष्ट्रिय बजार पाउने बताए ।

यस्तै नमुनाको रूपमा गुणस्तरीय सडक पनि निर्माण हुने उहाँको भनाइ छ । सम्झौता कार्यान्वयनपछि झन्डै ५० लाख जना नेपाली लाभान्वित हुने पनि मन्त्री कार्कीको दाबी छ । यसैबीच संसद्को अर्को बैठक फागुन १२ गते बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे