दाङको देउखुरीमा फेला परेको प्रेसर कुकर वम नेपाली सेनाद्वारा डिस्पोज



दाङको देउखुरीमा फेला परेको प्रेसर कुकर वम नेपाली सेनाद्वारा डिस्पोज

लमही ८ फागुन । दाङको देउखुरीमा नेपाली सेनाले प्रेसर कुकर वम डिस्पोज पारेकाे छ । नाे एमसिसि लेखेर पूर्व पश्चिम राजमार्ग किनारमा अज्ञात समुहले प्रेसर कुकर वम राखेकाे थियाे ।

आइतबार नेपाली सेनाकाे टाेलीले डिस्पोज पारेकाे हाे । लमही नगरपालिका वडा नम्बर ७ स्थित पुर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद बस्तु (प्रेसर कुकर) नेपाली सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

सडक किनारमा बम राखेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिव श्रेष्ठ घटनास्थल पुगेका थिए ।

प्रेसर कुकरमा नो एमसीसी लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखेको उक्त शंकास्पद बस्तुलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलिका मेजर सन्तोष खत्रीको कमान्डमा घटनास्थल पुगेको टोलीले बिहान करिब साढे एघार बजे बम डिस्पोज गरेको हो ।

मेजर खत्रीका अनुशार घटनास्थलका बारेमा राम्रोसँग बुझेर डिस्पोज गर्न लागेको कारण समय लागेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे