समाजसेवी रावतद्वारा जन्मदिनको अवसरमा असहाय बालबालिकालाई विद्यालय पोशाक वितरण
सिसहनियाँ ८ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी श्यामा रावतले आइतबार आफ्नो ४१ औं जन्म दिनको अवसरमा असहाय बालबालिकालाई विद्यालय पोशाक वितरण गरेकी छिन् ।
सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका १० जना असहाय बालबालिकाहरुलाई विद्यालय प्रार्थना समयमा बालबालिकालाई टिका लगाएर विद्यालय पोशाक वितरण गरेकी हुन् । विद्यालय पोशाक पाउने बालबालिकाहरूमा कक्षा ५ का निरज चौधरी, रोशन चौधरी, कक्षा ४ का सुस्तिका चौधरी, मेलिना चाैधरी कक्षा ३ का समिर चौधरी, शरण चौधरी, कक्षा २ का सुप्रिय घर्तिमगर, सृष्टि नेपाली, उमेश सुनार र शिशु कक्षाका मनिस चौधरी रहेका छन् । नेपाली कांग्रेस राप्ती गाउँपालिका उपसभापति तथा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका दोस्रो उपाध्यक्ष समेत रहेकी रावतले प्रत्येक वर्ष आफ्नो जन्म दिनमा पोशाक वितरण गर्ने बताएकी छिन् ।
साथै उनको राम्रो कामको सम्मान गर्दै विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर केसीले विद्यालयको तर्फवाट शुभकामना तथा धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक हेमराज अधिकारीले गरेका थिए । यसै बीच रावतले आफ्नो जन्म दिनको अवसरमा लमहीमा बनिरहेकाे नेपाली कांग्रेसकाे पार्टी कार्यालयकाे भवन निर्माणका लागि ११ हजार रुपैयाँ सहयाेग गरेकी छिन् । साे रकम पार्टीका क्षेत्रिय सभापती भेषराज पाण्डेलाइ हस्तान्तरण गरेकी हुन् ।
समाचार प्रेषक- हंशराज चाैधरी


