समाजसेवी रावतद्वारा जन्मदिनको अवसरमा असहाय बालबालिकालाई विद्यालय पोशाक वितरण



समाजसेवी रावतद्वारा जन्मदिनको अवसरमा असहाय बालबालिकालाई विद्यालय पोशाक वितरण

सिसहनियाँ ८ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी श्यामा रावतले आइतबार आफ्नो ४१ औं जन्म दिनको अवसरमा असहाय बालबालिकालाई विद्यालय पोशाक वितरण गरेकी छिन् ।सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका १० जना असहाय बालबालिकाहरुलाई विद्यालय प्रार्थना समयमा बालबालिकालाई टिका लगाएर विद्यालय पोशाक वितरण गरेकी हुन् । विद्यालय पोशाक पाउने बालबालिकाहरूमा कक्षा ५ का निरज चौधरी, रोशन चौधरी, कक्षा ४ का सुस्तिका चौधरी, मेलिना चाैधरी कक्षा ३ का समिर चौधरी, शरण चौधरी, कक्षा २ का सुप्रिय घर्तिमगर, सृष्टि नेपाली, उमेश सुनार र शिशु कक्षाका मनिस चौधरी रहेका छन् । नेपाली कांग्रेस राप्ती गाउँपालिका उपसभापति तथा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका दोस्रो उपाध्यक्ष समेत रहेकी रावतले प्रत्येक वर्ष आफ्नो जन्म दिनमा पोशाक वितरण गर्ने बताएकी छिन् ।साथै उनको राम्रो कामको सम्मान गर्दै विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर केसीले विद्यालयको तर्फवाट शुभकामना तथा धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक हेमराज अधिकारीले गरेका थिए । यसै बीच रावतले आफ्नो जन्म दिनको अवसरमा लमहीमा बनिरहेकाे नेपाली कांग्रेसकाे पार्टी कार्यालयकाे भवन निर्माणका लागि ११ हजार रुपैयाँ सहयाेग गरेकी छिन् । साे रकम पार्टीका क्षेत्रिय सभापती भेषराज पाण्डेलाइ हस्तान्तरण गरेकी हुन् ।

समाचार प्रेषक- हंशराज चाैधरी

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे