भालुवाङमा पहुँचयुक्तता परिक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न, अपाङमैत्री संरचना बनाउन माग



भालुवाङमा पहुँचयुक्तता परिक्षण सम्बन्धी ३ दिने तालिम सम्पन्न, अपाङमैत्री संरचना बनाउन माग

भालुवाङ ८ फागुन । दाङको देउखुरीमा अब बन्ने भौतिक संरचनाहरू अपाङमैत्री बनाउन माग गरिएको छ । देउखुरीको भालुवाङमा गत शुक्रवार देखि सञ्चालित पहुँचयुक्तता परिक्षण सम्बन्धी ३ दिने तालिमको आइतबार भएको समापन कार्यक्रममा यस्तो माग गरिएको हो । साथै उनीहरूले सरकारी तथा गैरसरकारी संघसंस्था तथा कार्यालयहरूले सवै नागरिकहरूको पहुँच पुग्ने किसिमको सेवा दिन पनि सुझाव दिएका छन् ।सि.बी.एम को आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा तालिम सम्पन्न भएको हो । महासंघका प्रदेश सचिव हुमनाथ अधिकारीको अध्यक्षता एवम् गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा इन्जिनियरिङ कलेजका प्रोफेसर तथा तालिम सहजकर्ता सुजाता शाक्य बज्राचार्य, पत्रकार लिला शाह, सहभागी प्रमोद पौडेल, ग्रामीण तथा शहरी विकास मन्त्रालयका आरकि टेक इन्जिनियर रमेश यादव लगायतका वक्ताहरूले आ– आफ्नो भनाई राख्नु भएको थियोे ।कार्यक्रमको सञ्चालन महासंघकी कार्यक्रम अधिकृत गोमा पन्थीले गरेकी थिइन् । तालिममा अपाङगता भएका नागरिक, इन्जीनियर र पत्रकारहरु गरि २० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा इन्जिनियरिङ कलेजका प्रोफेसर तथा तालिम सहजकर्ता सुजाता शाक्य बज्राचार्य र गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा रहनु भएको थियो ।यसै बीच तालिमको अन्तिम दिन आइतवार राप्ती गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको पहुँचयुक्त परिक्षण समेत गरिएको थियो । सो परिक्षणका क्रममा प्रवेशद्धार देखि प्रत्येक कार्यकक्ष, शौचालय, बाथरुम, भ¥याङ आंशिक रुपमा मात्र अपाङमैत्री बनेको पाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे