स्वास्थ्यका कार्यक्रम स्थानीय स्तरमा लैजान स्वास्थ्य प्रमुखहरुलाई मन्त्री थारुको निर्देशन



स्वास्थ्यका कार्यक्रम स्थानीय स्तरमा लैजान स्वास्थ्य प्रमुखहरुलाई मन्त्री थारुको निर्देशन

भालुवाङ ८ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले स्वास्थ्यका कार्यक्रम स्थानीय स्तरमा ल्याउन स्वास्थ्य प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले आइतवार भालुवाङमा आयोजना गरेको २ दिने रिपोटिङ तथा रेकडिङ सम्बन्धी स्वास्थ्य समिक्षा कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका मन्त्री थारुले स्वास्थ्य सम्बन्धी रिपोटिङ तथा रेकडिङको महत्वपुर्ण भुमिका रहने भन्दै भएका कामहरु कता गएको छ भन्ने कुराको मार्ग निर्देश गर्ने समेत बताएका छन् ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्याङ अधिकृत टुकप्रसाद पोख्रेलको स्वागत मन्तव्य तथा विष्यबस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन तथ्याङ अधिकृत डोरबहादुर बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा दाङ, प्युठान र रोल्पा जिल्लाका २९ पालिका र ३ वटा स्वास्थ्य कार्यालयका ३६ जना स्वास्थ्य प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे