देउखुरीको राप्तीमा युवा संघको बृहत्त मोटरसाइकल र्‍याली तथा युवा भेला सम्पन्न



देउखुरीको राप्तीमा युवा संघको बृहत्त मोटरसाइकल र्‍याली तथा युवा भेला सम्पन्न

भालुवाङ ७ फागुन । नेकपा एमालको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राप्ती गाउँपालिका स्तरिय युवा भेला तथा बृहत मोटरसाईकल र्‍याली शनिबार देउखुरीको राप्ती गाउँपालिका—२, लालमटियामा सम्पन्न भएको छ ।

 

राष्ट्रिय युवा संघ नेपाल राप्ती गाउँपालिका अध्यक्ष मनोज चौधरीको अध्यक्षता एवम् युवा संघ नेपालका केन्दिय सदस्य गोपाल नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरु अब नेपाली युवाहरुलाई श्रम संग जोडेर आर्थिक समृद्धको बाटोमा अघि बढाउनु पर्ने बताएका थिए । उनीहरुले युवाहरु बिना देश परिवर्तन सम्भव नभएको समेत बताएका थिए ।

 

युवा संघका राप्ती गाउँपालिका उपाध्यक्ष निरज थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला सदस्यहरु हरि बेल्बासे, मेनुका शर्मा, पार्टीका राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारी, सचिव भरतमणि न्यौपाने, ८ नम्बर वडाध्यक्ष गोकणर्बहादुर राना, पार्टीका राप्ती गाउँपालिका सदस्यहरु शोभाकर भुसाल, हिमानन्द पाण्डे, र हरिचन्द्र चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

युवा भेलाको औपचारिक कार्यक्रम शुरु हुनु अघि युवा संघका नेता, कार्यकर्ताहरुको बिशाल मोटरसाईकल र्‍यालीले शान्तिनगर चैते देखि सिङ्गेखोला सम्म विभिन्न नारा लगाउँदै परिक्रम गरेको थियो । कार्यक्रमको सञ्चालन युवा संघका राप्ती गाउँपालिका सचिव सुर्वणशम्शेर राउतले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे