स्रोता क्लबले लालमटियाको अम्बे मन्दिर परिसर सरसफाई गर्ने



स्रोता क्लबले लालमटियाको अम्बे मन्दिर परिसर सरसफाई गर्ने

भालुवाङ ७ फागुन । रेडियो राप्ती ९८.४ मेगाहर्ज संग आवद्ध समावेशी रेडियो राप्ती स्रोता क्लब राप्ती गाउँपालिकाले महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा देउखुरीको राप्ती गाउँपालिका—२, लालमटियामा रहेको अम्बे श्री देवी मन्दिर परिसर सरसफाई गर्ने भएको छ ।

स्रोता क्लबको आज लालमटियामा बसेको नियमित बैठकले फागुन १७ गते परेको महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा फागुन १४ गते शनिबारका दिन विभिन्न संघसंस्थाको समन्वयमा लालमटियामा रहेको अम्बे श्री देवी मन्दिर परिसर सरसफाई गर्ने निणर्य गरेको छ ।

स्रोता क्लबका अध्यक्ष लालमणि भुसालको अध्यक्षता एवम् रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको बैठकले रेडियो राप्ती ९८.४ मेगाहर्जमा स्रोता क्लबले साप्ताहिक रुपमा उत्पादन गरेको रेडियो कार्यक्रम स्रोता संग हाम्रा कुरा लाई थप व्यवस्थित तथा प्रकाकारी बनाउन दुई जना कार्यक्रम प्रस्तोता थप गर्ने निणर्य गरेको छ । यसरी थप हुने कार्यक्रम प्रस्तोतामा स्रोता क्लबका सदस्यद्धय अनिता गिरी र देवका न्यौपाने रहेका छन् ।

साथै बैठकले स्रोता क्लबका सहर्जकर्ता एवम् रेडियो राप्ती तथा राप्ती टेलिभिजनका कार्यक्रम उत्पादन तथा विज्ञापन शाखा प्रमुख बिरेन्द्र गिरी र रेडियो राप्तीकी नियमित स्रोता दाङको बंगलाचुली गाउँपालिका—७, आमडाँडा निवासी रिता गाहामगर बीच यही माघ २८ गते भएको बिबाहको सलताको शुभकामना सहित बधाई ज्ञापन गर्ने निणर्य गरेको छ ।

बैठकमा स्रोता क्लबका सहर्जकर्ता एवम् रेडियो राप्ती तथा राप्ती टेलिभिजनका कार्यक्रम उत्पादन तथा विज्ञापन शाखा प्रमुख बिरेन्द्र गिरी, स्रोता क्लबकी उपाध्यक्ष गिता शर्मा, सह—सचिव बिनोद बेल्बासे, कोषाध्यक्ष सिमा केसी, सदस्यहरु अनिता गिरी, देवका न्यौपाने, सपना रिजाल, दिपक सोती मगर, साधारण सदस्यहरु अमित चमार र रेशम कुमाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे