मन्त्री थारूद्वारा हुलाकी सडकको स्थलगत अवलोकन



मन्त्री थारूद्वारा हुलाकी सडकको स्थलगत अवलोकन

गढवा ६ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले हुलाकी सडक स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्री थारूले दाङ देउखुरी राजपुर गाउँपालिका स्थित दक्षिण बेल्टको रणनैतिक विकासको रुपमा रहेको कालाकाटे- गढवा र गढवा – गोठुवा हुलाकी सडक स्थलगत निरिक्षण तथा अवलोकन गरेका हुन् ।

दुई खण्डमा ठेक्का भई तिब्रगतिमा निर्माण भइरहेको कालाकाटे-गढवा र गढवा गाेठुवा हुलाकी सडकको अनुगमन गरिएकाे स्वास्थ्य मन्त्रीले जानकारी दिए ।

अनुगमनको क्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवम् राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्का (शिखर) राजपुर गाउँपालिका वरिष्ठ उपाध्यक्ष भाेगेन्द्रसिंह राजपुत, उपाध्यक्ष भिमबहादुर वलि लगायतका नेताहरूकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे