देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भीर घाइते



देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भीर घाइते

देउखुरी ६ फागुन । दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भीर घाइते भएका छन् ।

पुर्व-पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अन्दाजी ३२ वर्षका शरद योगी र लमही नगरपालिका वडा नम्बर ८ निवासी वर्ष २० का शिवलाल चौधरी रहेको लमही वडा प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख रन्जित आचार्यले जानकारी दिएका छन् ।

उनीहरु सवार रहेको बा ५३ प ९९३६ र लु १३ प ३६७८ नम्बरको मोटरसाइकल बेलुका ६ बजेर ४५ मिनेटको समयमा एक आपसमा ठोक्किदा योगी र चौधरी गम्भीर घाइते भएका हुन् ।

घाइते दुई जना मध्य योगीको अबस्था गम्भीर रहेको छ भने चौधरीको मध्यम रहेको अस्पतालले जनाएको छ । लमही स्थित फलोरेन्स अस्पतालमा सामान्य उपचार पछि योगीलाई तत्काल नेपालगन्ज रिफर गरिएको थियोे ।

चौधरीको आँखा सामुन्ने धेरै चोट लागेर रगत बगिरहेको हुँदा आँखामा केही समस्या भयो कि भनेर आँखा अस्पताल भैरहवामा आँखा, टाउकोको सिटि स्क्यान गर्नलाई रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे