राप्ती गाउँपालिकामा ५,९९७ जना विद्यार्थीहरुले मोडर्ना खोप लगाए



राप्ती गाउँपालिकामा ५,९९७ जना विद्यार्थीहरुले मोडर्ना खोप लगाए

भालुवाङ २४ माघ । देउखुरीको राप्ती गाउँपालिकामा कुल ५ हजार ९ सय ९७ जना विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका छन् । जसमा छात्र २ हजार ९ सय ६१ जना र छात्रा ३ हजार ३६ जना विद्यार्थीहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएका छन् ।

राप्ती गाउँपालिकाको २१ वटा खोप केन्द्रबाट सो खोप लगाइएको हो । जसमा माघ १७ गते २ हजार ३ सय ७९ जना, माघ १८ गते ९ सय ८ जना, माघ १९ गते ९ सय २० जना, माघ २० गते ९ सय ९८ जना र माघ २१ गते ७ सय ९२ जना विद्यार्थीहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन्

१२ बर्ष देखि १७ बर्ष उमेर समूहका विद्यार्थी तथा किशोर किशोरीहरुलाई विद्यालयमै पुगेर कोरोना विरुद्धको मोडर्ना खोप लगाइएको थियो । जिल्ला खोप समन्वय समिति दाङको निणर्य बमोजिम राप्ती गाउँपालिका क्षेत्रका २१ वटा विद्यालयमा खोप केन्द्र राखेर खोप लगाउन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे