नेपालमा साेमबार कोरोनाबाट थप १३ जनाको मृत्य, १,५७० जना संक्रमण पुष्टि



नेपालमा साेमबार कोरोनाबाट थप १३ जनाको मृत्य, १,५७० जना संक्रमण पुष्टि

काठमाडाैँ २४ माघ ।  नेपालमा साेमबारकोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३ सय ६५ नमुना परीक्षण गरिएको थियो ।

७ हजार ८ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४ सय ९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ सय ४८ गरी एक हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४० हजार १ सय ११ संक्रिय संक्रमित छन् । जसमध्‍ये ३८ हजार ८ सय ८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने १ हजार २ सय २८ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे