दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जना निको



दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जना निको

दाङ २४ माघ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३० जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा गढवाका ३ जना, घोराही २ जना र तुलसीपुरका एक जना रहेका छन् ।

त्यस्तै वितेका २४ घण्टामा दाङका ४६ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका १५ जना, तुलसीपुरका १० जना, राप्तीका ७ जना, दंगीशरणका ४ जना, गढवा, लमही र अन्य जिल्लाका ३/३ जना, बंगलाचुली, राजपुरका १/१ जना रहेका केन्द्रले जनाएको छ ।

आज थपिएका ६ जना सहित जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या २ सय १५ रहेको छ । त्यसमध्य घरमा २ सय ८ जना, सामान्य उपचारमा ४ जना र आईसियूमा ३ जना रहेका केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे