राप्ती गाउँपालिकामा मेलमिलाप सम्वन्धी पुर्नताजगी तालिम सुरु



राप्ती गाउँपालिकामा मेलमिलाप सम्वन्धी पुर्नताजगी तालिम सुरु

भालुवाङ २४ माघ । राप्ती गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमवार देखी माघ २६ गते सम्म गाउँपालिकाको कार्यालय मसुरीयामा मेलमिलाप सम्वन्धि पुर्नताजगी तालिम सुरु भएको छ ।

वडाबाट विगतमा मेलमिलाप सम्वन्धि तालिम लिएका ३ जना मेलमिलापकर्ता तथा निगरानी समुहका संयोजकहरुलाई मेलमिलाप सम्वन्धी पुर्नताजगी तालिम सुरु भएको हो ।

न्यायिक समिति संयोजक जगदम्वाकुमारी चौधरीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता सन्तोष पोख्रेल र अटुट कानुनी सेवाका अधिबक्ता कृष्णकुमार आचार्यले मेलमिलाप सम्वन्धी पुर्नताजगी तालिमको सहजीकरण गरेका छन् ।

मेलमिलाप सम्वन्धी पुर्नताजगी तालिमका सहभागी मेलमिलापकर्ता तथा निगरानी समुहका संयोजकहरुलाई न्यायिक समिति सदस्य ताराबहादुर डिसी तथा विद्याशरण चौधरीले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे