दाङमा लागु औषध चरेश सहित २ जना पक्राउ



दाङमा लागु औषध चरेश सहित २ जना पक्राउ

दाङ २४ माघ । लागु औषध चरेश सहित दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा रुकुमपुर्व भुमे गाँउपालिका ९ चुनबाङ घर भई हाल घोराही १४ नयाँबसपार्क कोठा भाडामा लिएर बस्ने ५० बर्षिय दल बहादुर विक र सोहि ठाउँ घर भई हाल घोराही १८ गिठेपानी बस्ने ५९ बर्षिय कणर् बहादुर पुन रहेका छन् ।

उनीहरुलाई गएराती गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए । गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले विकको कोठामा खोजतलास गर्ने क्रममा ७ किलो ७७९ ग्राम लागु औषध (चरेश) बरामद गरिएको उहाले जानकारी दिए ।

पक्राउ परेका विकको फोनकल अनुसन्धान गर्ने क्रममा गिठेपानीबाट पुनलाई समेत पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए । पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको उहाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे