राप्ती गाउँपालिकामा विद्यार्थीहरुलाई मोडर्ना खोप लगाउन सुरु, विद्यार्थीहरु उत्साहित



राप्ती गाउँपालिकामा विद्यार्थीहरुलाई मोडर्ना खोप लगाउन सुरु, विद्यार्थीहरु उत्साहित

भालुवाङ १७ माघ । देउखुरीको राप्ती गाउँपालिकामा सोमवार देखि विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ । १२ बर्ष देखि १७ बर्ष उमेर समूहका विद्यार्थी तथा किशोर किशोरीहरुलाई विद्यालयमै पुगेर कोरोना विरुद्धको मोडर्ना खोप दिन सुरु गरिएको हो ।नेपाल सरकारले देशैभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरेपछि विद्यार्थीहरु समेत उत्साहित भएका छन् । आफ्नै विद्यालयमा खोप लगाउन पाएपछि विद्यार्थीहरु खुसी समेत भएका छन् । जिल्ला खोप समन्वय समिति दाङको निणर्य बमोजिम राप्ती गाउँपालिका क्षेत्रका २१ वटा विद्यालयमा खोप केन्द्र राखेर खोप लगाउन सुरु गरिएको छ । जस अनुसार सोमवार मात्रै छात्र १ हजार २ सय १३ जना र छात्रा १ हजार १ सय ६६ जना गरी कुल २ हजार ३ सय ७९ जना विद्यार्थीहरुले मोडर्ना खोप लगाएका छन् ।जसमा सर्वोदय मावि खोप केन्द्र सिसहनियाँमा सर्वोदय मावि सिसहनियाँका छात्र ३४१ र छात्रा २५९ गरी ६०० जना , ज्ञानोदय मावि पत्थरगढवा खोप केन्द्रमा सोही विद्यालयका विद्यार्थी र हंशेश्वर आधारभुत विद्यालयका छात्र २२४ र छात्रा २५६ गरी ४८० जना विद्यार्थीहरुले खोप लगाएका छन् ।त्यस्तै नेपाल राष्ट्रिय मावि भालुवाङ खोप केन्द्रमा सोही विद्यालयका विद्यार्थी र रिभर राप्ती इङलिस बोडिङ स्कुलका छात्र १७१ र छात्रा १७९ गरी ३५० जना विद्यार्थीहरुले खोप लगाएका छन् । आदर्श नमुना मावि लालमटिया खोप केन्द्रमा सोही विद्यालयका छात्र ४२४ र छात्रा ४०२ गरी ८२६ जना विद्यार्थीहरुले खोप लगाएका छन् भने मावि रुपाकोट खोप केन्द्रमा सोही विद्यालयका छात्र ५३ र छात्रा ७० गरी १२३ जना विद्यार्थीहरुले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । सर्वोदय मावि सिसहनियाँका प्रअ गोविन्दबहादुर केसी र आदर्श नमुना मावि लालमटियाका सहायक प्रअ यादव आचार्यले सौहार्द पुणर् वातावरणमा खोप अभियान सञ्चालन भएको जानकारी दिएका छन् ।बाँकी रहेका अन्य विद्यालयका खोप केन्द्रमा तोकेको मिति अनुसार माघ २१ गते सम्म खोप अभियान जारी रहने बताइएको छ । विद्यालयमा नै खोप केन्द्र राखेपछि विद्यार्थीहरु खोप लगाउन निकै रुची राखेका छन् । तोकेका उमेर समुहका विद्यार्थीहरुले खोप लगाउन आउँदा जन्म दर्ता वा विद्यालयको सिफारिस लिएर खोप लगाउन सकिने राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनु भएको छ ।सोही क्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, स्वास्थ्य शाखा प्रमुख नारायण राउतले खोप सञ्चालन भएका विद्यालयहरुको स्थलगत अनुगमन गरेका थिए । अनुगमनको क्रममा विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मीसंग आवश्यक जानकारी सोधपुछ समेत गरिएको थियो ।

लामो समय सम्म विद्यालय बन्द हुँदा अनलाइन तथा रेडियो टेलिभिजन मार्फत पढाई हुँदै खासै प्रभावकारी पढाई हुन नसकेको अवस्थामा विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाएपछि गाउँपालिकाले भौतिक रुपमा विद्यार्थीहरुलाई विद्यालयमा सहभागी गराएर विद्यालय सुचारु गराउनु पर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे