पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ ६ कार्त्तिक । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८ सय ७७ पुगेको छ ।

२४ घण्टामा १५ हजार २ सय ५५ पीसीआर परीक्षण भएका छन् । त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे