नेपालमा आज एकै दिनमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा आज एकै दिनमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ५  माघ । नेपालमा एकै दिन आज ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

कुन जिल्लामा कति सक्रमित थपिए ? 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा ३५५,मकवानपुरमा २६४, सुनसरीमा २३५, रुपन्देहीमा २२७, चितवनमा २०२, काभ्रेपलाञ्चोकमा १९२, मोरङमा १७५ र कैलालीमा १३५ जवनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बाँकेमा १०८, बारामा १०६, धनुषामा ६८, नुवाकोटमा ६३, नवलपरासी पुर्वमा ४९, स्याङजामा ४५, धादिङमा ४२, सिरहामा ४१, तनहुँमा ४०, , महोत्तरीमा ३५, गोरखामा ३४ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे