दाङकाे तुलसीपुरमा सात दिनपछि भेटियाे शव



दाङकाे तुलसीपुरमा सात दिनपछि भेटियाे शव

तुलसीपुर ६ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का डम्मर बहादुर खड्काको शव भेटिएको छ । अन्दाजी ५५ वर्षीय खड्का गएको पुस २९ गते राजपुर गाउँपालिका वडा नं. ७ सिक्टा स्थित सानिमा सासुको घरमा जाने क्रममा सोही दिनदेखि सम्पर्क बिहीन भएका थिए ।

उनको बुधबार दिउँसो साढे दुई बजे राजपुर गाउँपालिकाको गल्छी स्थित राप्ती नदिको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खड्काको शवलाई पोष्टमाटमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे