राप्ती गाउँपालिकाका ८ जना कर्मचारी सहित २८ जनामा कोरोना संक्रमण पुष्टि



राप्ती गाउँपालिकाका ८ जना कर्मचारी सहित २८ जनामा कोरोना संक्रमण पुष्टि

भालुवाङ ५ माघ । राप्ती गाउँपालिकाका ८ जना कर्मचारी सहित बुधवार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार गाउँपालिकाको कार्यालयमा मसुरीयामा २७ जना कर्मचारीमा गरिएको एन्टिजेन परिक्षणमा ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

संक्रमित सवै कर्मचारी होमआइसुलेशनमा पठाइएको शाखा प्रमुख राउतले जानकारी दिएका छन् । यस्तै राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी र प्रस्तावित भालुवाङ अस्पतालमा बुधवार ४१ जनामा गरिएको एन्टिजेन परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा २१ जना पुरुषको परिक्षण गर्दा १० जना र २० जना महिलाको परिक्षण गर्दा १० जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे