लमहीमा म पनि मास्क लगाउछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु अभियान सुरुवात



लमहीमा म पनि मास्क लगाउछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु अभियान सुरुवात

लमही ५ माघ । दिनानु दिन कोरोना भाइरसको जोखिम बढिरहेका बेला दाङको लमहीमा म पनि मास्क लगाउछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु अभियान सुरु गरिएको छ ।

दाङमा ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिरको बेला मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दाङको लमहीमा चेम्बर अफ कमर्सको आयोजनामा म पनि मास्क लगाउछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु अभियान सुरु गरेको हो ।

अभियानमा लमही बजारका विभिन्न स्थानमा वडा प्रहरी कार्यलय लमहीको समन्वयमा निशुल्क मास्क बितरण गरिएको थियो । मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए । यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए ।

बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले पनि मास्कको प्रयोग नगरेको पाइएको छ । म पनि मास्क लगाउछु अरुलाई पनि मास्कलगाउन प्रेरित गर्छु भन्ने नाराका साथ सुरु गरिएको मास्क अभियानमा अनिवार्य मास्क प्रयोगका लागि स्थानीयलाई सुझाव सल्लाह दिएका थिए ।

अभियानकर्मीले ‘तपाईको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए । ‘तपाईहरूसँग मास्क छैन भनेर दिइएको होइन,’ चेम्बरका उपाध्यक्ष किरण कुमार बुढाथोकीले भने । ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं, कोरोनाबाट सुरक्षित रहौं भनेका हौँ बुढाथोकीले भने । ओमिक्रोन संक्रमण देखिन थाले संगै स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामुलक कार्यक्रम थालिएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले बताए । अभियानमा सहभागीले ‘तपाईको मास्क खै?, मास्कको नियमित प्रयोग गरौं, भौतिक दुरी कायम गरौं÷गराऔं, भिडभाड नगरौं, भीडमाडमा नजाऔं, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश दिदै नि:सुल्क मास्क उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे